निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोरङ जिल्ला इन्चार्ज पक्राउ
काठमाडौँ,२१ फागुन । प्रतिनिधिसभा निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमत पार्टीका मोरङ जिल्ला इन्चार्ज कृष्ण प्रसाद चम्लागाई र जिल्ला सचिव सुमन पौडेल पक्राउ परेका छन् ।

उनीहरूलाई बुधबार साँझ इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको पाइएपछि मोरङको कानेपोखरी गाँउपालिका–६ बुद्ध चौकबाट पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले जानकारी दिएका छन् ।
चौधरीले जारी गरेको विज्ञप्तिमा को ६ प ५११६ नम्बरको मोटरसाईकल, विभिन्न कम्पनीका ५ थान मोवाइल, बहुमत पार्टीको झण्डालगायतका सामग्री पनि बरामद गरिएको जानकारी विज्ञप्तिमा उल्लेख गरेका छन् ।

