प्रहरीको सटगन पड्किएर उदयपुरको कटारीमा मतपेटिकामा क्षति
काठमाडौँ,२१ फागुन । उदयपुरमा प्रहरीले बोकेको सटगन पड्किँदा मतपेटिकामा क्षति पुगेको छ ।

कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बिक्री केन्द्र तावाखोला स्थित ‘ख’ मतदान केन्द्रमा खटिएका प्रहरी जवानले बोकेको सटगन अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एक जना अधिकृतले बताए ।
असावधानीपूर्वक सटगनबाट १ राउन्ड गोली पड्केको ती अधिकृतले बताए । मतपेटिकामा ४ मत खसेको थियो । मतपत्र भने सुरक्षित रहेको बताइएको छ । सो स्थानमा मतदान कार्य पुनः सुचारु भएको छ ।

