देशभक्तिको भावनाले ओतप्रोत गीत ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ सार्वजनिक
काठमाडौं, ८ फाल्गुन । एक्टिभ ईन्टरटेनमेन्टको प्रस्तुति रहेको देशभक्तिको भावनाले ओतप्रोत नयाँ स्वदेश गान ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ सार्वजनिक भएको छ ।

२००७ सालको ऐतिहासिक परिवर्तनको सम्झनामा मनाइने प्रजातन्त्र दिवसकै दिन सार्वजनिक गरिएको यस गीतले राष्ट्रप्रेम, स्वाभिमान र राष्ट्रिय एकताको सन्देश बोकेको छ । गीतकार डिबि पराजुलीको शब्द, रुपक डोटेल र मेनुका राईको स्वर रहेको गीतमा संगीत संयोजन बिजेन्द्र नौबागेको रहेको छ ।
म्युजिक भिडियोमा बिजेन्द्र नौबागे, सैलेश ठकुरी, सुसिला तामाङ र पबित्रा अर्याल ‘पबि’, लिला खनाल, एकराज सुबेदी, दिपिका खनाल, रोज बहादुर तामाङ, सुनिता थापा, केबि खाती, लक्ष्मण श्रेष्ठ, कल्पना श्रेष्ठ, जित बहादुर हमाल, उत्तम घिमिरे र सुन्दर खनाल आदिको अभिनय रहेको छ भने बाल कलाकारमा मन्दिप सिलवाल, स्मिथ विक्रम पराजुली, फियोना ठकुरी, ईज्ना ठकुरी र आयन थापा रहेका छन् । भिडियोमा केशव अधिकारीको छायांकन, प्रेम शर्मा पौडेलको सम्पादन, दिपेश एसकेको निर्देशन रहेको छ ।
एक्टिभ ईन्टरटेनमेन्ट युट्युबमार्फत सार्वजनिक गरिएको ‘म झुक्न दिन्न मेरो देशको झण्डा’ ले केवल सांगीतिक प्रस्तुतिमात्र होइन, राष्ट्रिय स्वाभिमानको उद्घोष गरेको सन्देश दिएको छ । प्रजातन्त्र दिवसको सन्दर्भमा सार्वजनिक गरिएको यो स्वदेशगानले नयाँ पुस्तामा देशप्रतिको माया, समर्पण र एकताको भावना अझ प्रगाढ बनाउने विश्वास गरिएको छ । कार्यक्रममा म्युजिक भिडियोमा आबध्द कलाकार, प्राबिधिकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

