साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चरले हकप्रद सेयर निष्कासनका लागि मागे अनुमति
काठमाडौं,२८ माघ । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेका छन् ।

साहस ऊर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद सेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।
साहस ऊर्जाले १ः१ अनुपातमा ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ बराबरको ४ करोड ५७ लाख ३८ हजार कित्ता र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले पनि १ः१ अनुपातमै १ अर्ब ७९ करोड ८१ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ७९ लाख ८१ ह जार २११ कित्ता हकप्रद निष्कासनको अनुमति मागेका हुन् ।
साहस ऊर्जाको बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ भने एनआरएन इन्फ्रास्ट्रक्चरको प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
बुधबार, २८ माघ २०८२, १० : ५०

