२०८३ को पञ्चाङग पात्रो तयार, कार्तिक ४ गते बिजया दशमी,भाईटीका २५ गते



काठमाडौं,२५ माघ । आगामी बर्ष २०८३ सालमा बिजया दशमी कार्तिक ४ र तिहारको भाईटीका पनि कार्तिक २५ गते परेको छ ।

नेपाल पञ्चाङग निर्णायक विकास समितिले माघ १५ गते तय गरेको आगामी बर्षका लागि तय गरेको तिथि मितिसहितको पञ्चाङ्गपात्रोका अनुसार बडादशैं असोज २५ बाट शुरु हुनेछ । आगामीवर्षको दशैमा वर्षमा दुईदिन अष्टमी परेको छ । आगामीवर्ष असोज १ र २ गते अष्टमी परेको छ । पञ्चाङग पात्रोमा उल्लेख भए अनुसार करिब १९ वर्षपछि दशैको अष्टमी दुईदिन परेको हो ।

समितिका अनुसार असोज २५ गते घटस्थापना परेको छ । ३१ गते फूलपाती,नवपत्रिका प्रवेश, कार्तिक १ गते र २ गते महाअष्टमी,कालरात्री, गोरखकाली पुजा,नेवारी समुदायको कुछी भ्वयः र काति बिहु पर्व परेको छ । ३ गते महानवमी, ४ गते विजया दशमी परेको छ । दशै असोजमा शुरु भएर कार्तिकमा सकिनेछ ।

तिहारपर्व २१ गतेबाट शुरु हुनेछ । २१ कार्तिक २१ गते काग तिहार, धन्वन्तरी जयन्ती, यम पञ्‍चक शुरु, २२ गते कुकुर तिहार, लक्ष्मीपूजा,दिपमालिका, सुखराती, नरक चतुर्दशी भौली खेल्ने, २३ गते गाईतिहार (औंशी) २४ गते गोबद्र्धन पूजा, म्हपूजा र २५ गते भाईटिका, किजापूजा परेको छ । तिहारको धनतेरस कातिक २० मा परेको छ ।

आगामी वर्ष वैशाख १ गते नववर्ष,४ गते मातातिर्थ औंशी आमाको मुखहेर्ने दिन, ७ गते अक्षय तृतीया,१८ गते बुद्धजयन्ती,कुर्मजयन्ती, किराँतहरूको उभौली, चण्डीपुर्णिमा, मजदुर दिवस परेको छ । जेठ ३ गतेबाट मलमास अर्थात पुरुषोत्तम मास शुरु हुनेछ । त्यसदिनबाट मत्स्यनारायण मेला शुरु हुनेछ । ४ गते चन्द्रोदय, १२ गते गंगा दशहरा, १५ गते गणतन्त्र दिवस परेको छ ।

असार १ समेत अधिक ‌औंशी, पुरूषोत्तममास समाप्‍ित, ६ गते सिथि नखः, ११ गते निर्जला एकादशी, १५ गते मष्टो पूर्णिमा ज्याःपुन्ही पर्व परेको छ । साउन १३ गते गुरुपुर्णिमा, २६ गते घण्टाकर्ण चतुर्दशी गठेमङ्‍गल, २८ गतेबाट नेवारी गुँलापर्व शुरु हुनेछ । भदौ १ गते नाग पञ्चमी, ४ गते यल पञ्चदानत, ५ गते थकालीको फागोपर्व, १२ गते जनैपूर्णिमा (रक्षाबन्धन) कुम्भेश्वरमेला, १४ गते हरिसिद्धीको द्योःपुखुमेला,१९ गते श्रीकृष्ण जन्माष्टमी,२६ गते कुशेऔंशी, बाबुको मुखहेर्नेदिन, भदौ २७ मा गँुलापर्व समाप्ती, २८ गते दरखाने, २९गते हरितालिका तिज,गणेश चतुर्थि, ३० गत ऋषीपञ्चमी परेको छ ।

पञ्चाङपात्रो अनुसार असोज १ गते विश्वकर्मा पुजा,६ गते हरिपरिवर्तनी एकादशी, ७ गते इन्द्रध्वजउत्थान, वामनजयन्ती, ९ गते कुमारी इन्द्रजात्रा , १० गते येँया पुन्ही, इन्द्रदह स्नान, आश्‍विन ११ देखि २४ गतेसम्म सोह्रश्राद्ध परेको छ ।

कार्तिक २९ गते छठपर्व, मंसिर ४ गते हरिबोधनी एकादशी, २१ गते बाला चतुदर्शी, बाह्चरे पुजा,मंसिर २८ गते विवाहपञ्‍चमी,पुस ४ गते किर्तिपुरको इन्द्रायणी जात्रा, ९ गते योमरीपुन्ही, धान्यपूर्णिमा,उधौली, १० गते क्रिसमस, १५ गते तमुल्होसार,२४ गते तोलल्होसार, माघ ८ गते स्वस्थानी ब्रतारम्भः , २४ गते सोनाम ल्होसार,२८ गते वसन्त पञ्‍चमी, फागुन ८ गते, स्वस्थानी ब्रत समाप्‍ती पर्व परेको छ । आगामी वर्ष साउनमा २ गतेदेखि बृहस्पती अस्त भई २९ गते उदय हुनेछ । भने असोज २६ बाट शुक्र अस्त भएर कातिक ७ मा उदय हुनेछ । आगामी वर्ष नेपालमा सुर्य र चन्द्र ग्रहण हुनेछैन ।

समितिले तयार पारेको पात्रोमा फागुन २२ गते महाशिवरात्री,२४ गते नारी दिवस २५ गते ग्याल्पो ल्होसार,चैते ७ गते पहाड र ८ गते तराई होली र चैत २३ गते घोडेजात्रा तिथि परेको छ । समिति यो विगत भन्दा यो वर्ष विवाद रहित रुपमा पात्रो तयार गरेको दाबी गरेको छ । पात्रो तयार गरेपछि बिदा स्वीकृत गराउन गृह मन्त्रालयमा प्रकृया अघि बढाईने कार्यकारी निर्देशक पन्थीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्