लिखुपिके गाउँपालिकाका विभिन्न वडामा नेकपा एमालेको अन्तरक्रिया
सोलुखुम्बु,२४ माघ । नेकपा एमाले सोलुखुम्बुले आज लिखुपिके गाउँपालिकाको विभिन्न वडामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आसन्न फागुन २१ को संसदीय निर्वाचन केन्द्रित गाउँपालिका स्तरीय अन्तक्रिर्या तथा मतदाता भेटघाट कार्यक्रम अन्तर्गत आज लिखुपिकेको वडा नम्बर १, २, ३ मा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।

आज विहान ८ बजेदेखि सुरु गरिएको मतदातासँग उम्मेद्बार भेटघाट, अन्तक्रिर्या, कार्यकर्तासँग भेटघाट, घरदैलो अभियान लगायतका कार्यक्रम सम्पन्न गरिएको नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो ।
मतदाताहरुलाई सम्बोधन गर्दै नेकपा एमालेका उम्मेद्बार कल्पना राईले लिखुपिकेको समस्याहरुलाई सदनसम्म पुर्याएर कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाउँदै नेकपा एमालेलाई जिताउन अनुरोध गर्नुभयो ।
स्थानीय कमिटीले तयार पारेको कार्यक्रम तालिका अनुसारको कार्यक्रममा सहभागी भइ अन्तर्कृया गर्ने कार्यक्रम रहेको अध्यक्ष बास्तोलाले बताउनुभयो।
भोलि लिखुपिकेको बाँकी वडामा कार्यक्रमलाई पुन निरन्तरता दिइने नेकपा एमाले सोलुखुम्बुले जनाएको छ । नेकपा एमाले जिल्ला कमिटि सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाको नेतृत्वमा खटिएको नेकपा एमाले सोलुखुम्बुको टोली यतिबेला लिखुपिके गाउँपालिकामा चुनावी अभियान मा छ ।

