कांग्रेस भोलि भर्चुअल रूपमा बस्ने गरी बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक



काठमाडौं,२४ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । भोलि आइतबार बिहान ८ः३० बजे भर्चुअल माध्यमबाट बस्ने गरी बैठक बोलाइएको केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले बताए ।

बैठकमा प्रतिनिधिसभा निर्वाचन परिचालन निर्देशिका,पार्टीको सार्वजनिक कार्यक्रम व्यवस्थापन र केन्द्रीय अनुशासन समिति गठनबारे छलफल हुने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्