एमाले सोलुखुम्बुले भोलि लिखुपिकेमा चुनावी भेटघाट गर्ने
सोलुखुम्बु,२३ माघ । नेकपा एमाले सोलुखुम्बुको टोली लिखुपिके गाउँपालिका पुगेको छ । दोस्रो चरणको घरदैलो अभियानका साथ कार्यकर्ता भेटघाटका लागि लिखुपिके पुगेको नेकपा एमाले सोलुखुम्बुले जनाएको छ ।

भोलि २४ गते शनिबारको दिन गाउँपालिकाको विभिन्न क्षेत्रमा कार्यकर्ता भेटघाट,भेला साथै अन्तक्रिया गरिने अभियानका नेतृत्वकर्ता नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोलाले जानकारी दिनुभयो ।
स्थानीय कमिटीले तयार पारेको कार्यक्रम तालिका अनुसारको कार्यक्रममा सहभागी भइ अन्तरक्रिया गर्ने कार्यक्रम रहेको अध्यक्ष बास्तोलाले बताउनुभयो ।

