स्थानीय तहमा असिम राईको ८ बर्षे नेतृत्व : शुन्य भ्रष्टचार देखि कम बेरुजु भएको पालिकासम्म
३३ बर्षे ठिटो असिम राई, २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाको धेरै जनसंख्या भएको स्थानीय तह थुलुङदुधकोशीमा निर्वाचित भए पछि नै सिंगो जिल्ला र कोशी प्रदेश भरिनै पहिलो दिन बाटै चर्चाको शिखरमा रहे । कारण हो, सरकार संचालनमा उनको स्पष्टता र विधिको शासन प्रति उनको अठोट । उनले नेतृत्व गरेको थुलुङदुधकोशी पालिकामा भ्रष्टाचार शुन्य छ अनि शुसासनमा जिल्लाकै अब्बल छ ।

शुन्य पुर्वाधार र न्युन जनशिक्तका विच स्थानीय सरकारको नेतृत्व गरेका असिम सामु सरकार संचालनका चुनौतिका चांग ने थिए । भग्नावशेष भएको तत्कालिन मुक्लि गाविसको भवनमा सफत खाएर एउटा पानी चुहिने कोठाबाट शुरु भएको पालिका ८ बर्षसम्म आईपुग्दा आकाश पातलको फरकमा पुग्यो । नकारात्मकाले भरिएको ग्रामिण समाजमा पालिकाकालाई भ्रष्टाचार मुक्त बनाउदै शुसासन कायम गर्नु उनलाई फलामको चिउरा सरह थियो । तर पढाई लेखाईमा अब्बल र सानै उमेरमा नेपाली समाजको मनोविज्ञान बुझेका असिमले पालिकालाई चाहिने सबै कानुनु शुरुको ३ महिना मै बनाएर लागु गरे ।
मिजासिला र आफ्नाहरुका लागि ज्यानै दिन तयार असिम शाससन संचालनमा भने स्पष्ट देखिए । विधि र पद्धति हराउँदै वेथितिले गाँजेको नेपाली राज्य सम्रचनाको परिभाषा चिर्नु धेरै कठिन थियो । तर असिमले पालिकालाई नियम र पद्धतिमा ढालेर शाससन संचालनको रुपमा देशकै नमुना पालिका बनाए । शासन संचालनमा कडा तर सेवा प्रवाहमा नरम असिम राईको विशेषता हुन् ।
उनले नेतृत्व गरेदेखि नै भ्रष्टाचारमा शुन्य सहनशिलताको निति अख्तियार गरे । त्यति बमोजिम कर्मचारी संयन्त्रलाई निर्देशित गरे । उपभोक्ता समिति र ठेक्का पट्टामा कुनै कमिसन र भ्रष्टाचारको खेल भएन । राजनिति अभिष्टका लागि बिपक्षिले भाषणमा हिलो छ्याप्ने कोशिष गरे पनि ८ बर्षको अवधिमा भ्रष्टाचारको गन्ध कतै आएन । यी कुराहरु तथ्यले प्रमाणित गरेको छ । राज्यका निकायले नै शुसासनमा पटक पटक अब्बल प्रमाणित गरिदिए थुलुङ दुधकोशीलाई । आर्थिक कारोबारको मनिटरिङ गर्ने संबैधानिक निकाय महालेखा नियन्त्रकको लेखा परिक्षण बाट हरेक बर्ष थुलुङदुधकोशी बेरुजु कम हुने सोलुखुम्बुका गाउँ पालिकाहरु मध्ये पहिलो बन्यो । न्युन देखिएको बेरुजु पनि शैद्धान्तिक मात्र थियो ।
महालेखाको धेरै प्रतिवेदनहरुले थुलुङदुधकोशीको कम बेरुजु देखाएर राज्यले नै शुसासनमा अग्रणी देखाएको छ । यति मात्रै होईन असिम राईले सरकारलाई पारदर्शी रुपमा चलाए । उनले पालिकाको प्रबक्ता राखे, कार्यालयको सूचना अधिकारी राखे अनि जनताको गुनासो सुन्ने मेकानिजम बनाए । यति मात्रै होईन आवधिक रुपमा जनताका गुनासोहरु सुनेर सम्बोधन गर्न सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण र सार्वजनिक परिक्षणहरु गरिरहे । अब असिमको शुसानको मोडल सिंगो जिल्लालाई चाहिएको भन्दै जनताहरुले फागुन ११ पछि सक्षम असिमको आवाज संसद भवनमा सुन्न चाहेका छन् ।

