रास्वपा उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बालिकाको मृत्यु
काठमाडौं,२२ माघ । रौतहट क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सगिर आलम चढेको गाडीको ठक्करबाट बालिकाको ज्यान गएको छ।जिल्लाको इशनाथ नगरपालिका वडा नम्बर ४ मठियाकी चार वर्षीया अल्फा खातुनको बिहीबार ज्यान गएको हो।

चुनाब प्रचार कै क्रममा रहेको बेला बा१५च ४२४४ नम्बरको कार चढेर मत माग्न जाँदै गरेको बेला तिब्र गतिमा रहेको कारले बालिकालाई ठक्कर दिएको हो । गम्भीर घाइते बनेकी उनको उपचारका क्रममा ज्यान गएको छ ।
उक्त घटनापछि गाडी चालक फरार भएका छन् । रास्वपाको चुनाव प्रचारप्रसारका क्रममा यसअघि बाँकेको नेपालगञ्जमा गाडीबाट खसेर आधा दर्जन घाइते भएका थिए । उता वरिष्ठ नेता बालेन साहसँग हिँडेका फिल्मी पत्रकार दिनेश सिटौलाको मृत्यु भएको छ ।

