कहिँ कतै पनि एमालेसंग गठबन्धन वा तालमेल हुंदैन : प्रचण्ड



काठमाडौं, २२ माघ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेलाई जनताबाट तिरस्कृत र अश्वीकृत भएको तत्वको संज्ञा दिएका छन् ।

एमाले अध्यक्ष केपी ओली लगायत अन्य नेताहरुले चुनावी तालमेलको प्रस्ताव अगाडि बढाईरहेका बेला प्रचण्डले पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले अब कहिँ कतै पनि एमालेसंग गठबन्धन वा तालमेल नहुने स्पष्ट पारेको एक नेताले बताए।

यो पटकको निर्वाचनमा आफ्नो पार्टी सबभन्दा ठूलो दल बन्ने दाबी गरेका छन् । कुनै दलसँगपनि अब चुनावी तालमेल वा गठबन्धन नगरिने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्