अब सत्तामा पुग्न र सत्ता टिकाउन जे पनि गर्ने र जोसँग पनि मिल्ने कांग्रेसले गर्दैन : सभापति थापा



काठमाडौं,२१ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले सत्तामा पुग्न र सत्ता टिकाउनका लागि जे पनि गर्ने र जोसँग पनि मिल्ने काम नगर्ने बताएका छन् ।

बुधबार एक भिडिओ सन्देश जारी गर्दै सभापति थापाले सो कुरा बताएका हुने । बरू आनन्दले सरकार बाहिर बस्ने बताउँदै उनले सिद्धान्तसँग सम्झौता कहिल्यै नगर्ने बताए । बदलिएको नेपाली कांग्रेसले राष्ट्रको स्वार्थभन्दा माथि पार्टीको स्वार्थलाई कहिल्यै पनि नराख्ने उनको भनाई छ ।

‘हामीहरू नयाँ सोचका साथ आएका छौं, कांग्रेस बदलिएको भनेको सोच, संकल्प र यसको शैली बदलिएको हो,’ उनले भने, ‘नयाँ भन्नुको अर्थ पुरानोसँग सम्बन्धविच्छेद भएको भनेको हो? पटक्कै होइन। प्रजातन्त्र, सामाजिक न्याय, विविधता, समावेशी यो हाम्रो जरा हो। नयाँ कांग्रेसले यो जराहरूलाई अझ फैलाउने हो।’

हिजोका राम्रा कुराहरूलाई फैलाउने पनि उनले बताए। ‘हामीले गरेका गल्तीहरूलाई सच्याउने हो। र अब पार्टी र देश यसरी चलाउँछौं भनेर मार्गचित्र प्रस्तुत गर्ने हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्