श्रीमतीको हत्यापछि श्रीमानले पनि गरे आफैंलाई चक्कु प्रहार गरेर आत्महत्या
विराटनगर,२० माघ । मोरङको रंगेली नगरपालिका–५ धनपट्टीमा एक युवकले श्रीमतीको हत्या गरेर आफैंमाथि पनि चक्कु प्रहार गरेर आत्महत्या गरेका छन् ।

मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार रंगेली–५ बहुवनका २१ वर्षीय मुकेशकुमार मण्डल ससुराली घर गएका थिए । त्यहाँ उनले मंगलबार बिहान करिब २:४५ २१ वर्षीया पत्नी अम्बिकाकुमारी मण्डलमाथि चक्कु प्रहार गरेका थिए ।
श्रीमतीको मृत्यु भएलगत्तै मुकेशले सोही चक्कुले आफ्नै घाँटीमा प्रहार गरेका थिए । मुकेशको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

