अनैतिक सम्बन्धका कारण श्रीमान र सासुको हत्या,ससुरा र नन्द घाइते



बारा,१५ माघ । नेपाल प्रहरीका अनुसार बारामा अनैतिक सम्बन्धको कारणले श्रीमान र सासुको हत्या भएको छ । प्रहरी उपरिक्षक नरेन्द्र कुंवरका अनुसार परवानीपुर गाउँपालिका–१ रहरियाडमा अनैतिक सम्बन्धको कारणले २८ वर्षीय श्रीमान् रामेश्वर मण्डल र ४६ वर्षीया सासु सुमिन्त्रा देवीको हत्या भएको उनले बताए ।

पिडित परिवारका घाईतेसंग प्रारम्भिक अनुसन्धान गर्दा भाउजुले घटना घटाएको खवर पाए लगत्तै उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । श्रीमतीको योजनामा माघ १२ गते सबै जना सुतिरहेको अवस्थामा करिब १ बजेको समयमा पसेर घरमा धारिलो हतियार प्रयोग गरी श्रीमान र सासुको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको कुँवरले बताए ।

घटनास्थलमा तालिम प्राप्त कुकुरको प्रयोग गरि अनुसन्धान भईरहेको जनाए । घटनामा संलग्न रहेका श्रीमती मनिता देवी मण्डललाई अनुसन्धानको लागि नियन्त्रणमा लिएका छौ, उनले भने ।

प्रेमी प्रसौनी गाउँपालिका–७ बन्जरिया निवासी धमेन्द्र महतोलाई प्रहारीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार महतो वैदेशिक रोजगारको सिलसिलामा दुबईमा कार्यरत रहेका थिए । माघ १२ गते काठमाडौँ आइपुगेपछि उनले मानिताको येजनामा उक्त घटना घटाएको प्रहारीले जनाएको छ ।

घटनापछि प्रहरीले मानितालाई घरबाट र धमेन्द्रलाई वीरगञ्जबाट पक्राउ गरेको हो। हाल दुवै जनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कुँवरले बताए । उक्त घटनामा घाईते भएका ५२ वर्षीय ससुरा जगरुप महतो र २२ वर्षीया नन्द रिना कुमारी मण्डलको परवानीपुर स्थित एल एस न्युरो अस्पतालमा भईरहेको छ ।

घाइते नन्द रिनाको अनुसार अग्लो उचाई भएको व्यक्तिले आफ्नो घाटीमा धारीलो हतियारले प्रहार गर्दा आफूले त्यसको प्रतिकार हातले गर्दा हातमा चोट लागेको बताईन । एकातर्फ अज्ञात व्यक्तिको प्रहार र अर्को तर्फ आफ्नै भाउजुले कपाल समातेर भुईमा घिसारिरहेको थिइन, ‘ पिडा सहन नसक्दा आवाज सुनेर बुवाले हिर्काउदा भाउजु लडेको सुनाईन । ती व्यक्तिले बुवा माथि पनि हतियारले प्रहार गरेको सुनाईन ।

खाना खाएर सबै जना हासी, खेली आ-आफ्नो कोठामा सुत्न गएको उनले बताइन । एउटा कोठामा बुवा-आमा र दिदीको छोरा सुतेका थिए । अर्को कोठामा दाई भाउजु र तिनका छोराहरू सुतेका थिए । घरमा ८ जना सदस्य थियौ रिनाले भनिन ।

मध्यरातमा भाउजूलाई शौचालय जाने भनेर आमालाई सँगै लिएर उतै धारिलो हतियार प्रयोग गरि हत्या गरि घर भित्र प्रवेश गरेर दाइलाई पनि धारिलो हतियारले हत्या गरिएको थियो । दिदीको छोरा घरबाट निस्केर छिमेकीलाई खवर गरेपछि आफुहरु बचेको उनले रुदै सुनाईन ।
घरको सम्पूर्ण विधुत काटेर घटना घटाएको उनले सुनाइन । अनैतिक सम्बन्धले खुशहाल परिवार तितरवितरले समाज कता गईरहेको प्रति स्थानीयवासीलाई स्तब्ध छन ।

प्रतिक्रिया दिनुहोस्