विश्व रेकर्डका बादशाह डा. डीआर उपाध्याय



काठमाडौं,१४ माघ । नेपाली साहित्यका सिपाही र रेकर्डका बादशाह डा.डीआर उपाध्याय÷खनालका शब्द केवल पाठकको मनमा मात्रै छैनन्, विश्वका कीर्तिमानी पुस्तकहरूमै दर्ज भएका छन् । कुशल सर्जक उपाध्यायको नाम विश्वका दर्जनौं कीर्तिमानी पुस्तकमा दर्ज छ । गिनिज बुक अफ वल्र्ड रेकर्डदेखि अमेरिकन बुक अफ रेकर्डसम्मका पुस्तकमा उनको नाम भेटिन्छ । उनले राखेका कीर्तिमानले नेपाली भाषा, साहित्य र सिर्जनात्मकताको गौरवलाई उँचो बनाएको छ ।

नेपाली साहित्यका तेजिलो तारा, जसको उज्यालो आज सात समुन्द्र परसम्म पुगेको छ । ‘लेखन मेरो श्वास हो, म बाँच्दासम्म सिर्जना गरिरहन्छु,’ उपाध्यायको यो भनाइले उनीभित्रको सिर्जनात्मक आत्मालाई प्रस्ट पार्छ। साहित्य, गीत, कविता, निबन्ध, रेकर्ड— कुनै सीमाले उनलाई रोकेको छैन ।

बहुप्रतिभाका धनी डा. उपाध्यायका सिर्जनाको लहर गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विभिन्न वल्र्ड रेकर्ड प्रदान गर्ने विश्वका दर्जनभन्दा बढी संस्थासम्म पुगेको छ ।
उनले गीत, सङ्गीत र विविध क्षेत्रमा नयाँ सिर्जना गरेर १५३ विश्व रेकर्ड कायम गरेका छन् । उनी विश्वमा अधिक कीर्तिमान कायम गर्ने विशिष्ट स्रष्टाको शीर्ष दशमा पर्छन् । उनी विश्व रेकर्डका प्रतिविम्ब बनेका छन् भन्दा अतिरञ्जना नहोला । गीत, सङ्गीत र साहित्य सिर्जनामा यति विघ्न विश्व रेकर्ड कायम गर्ने क्षमताका धनी डा. उपाध्याय यस क्षेत्रको गौरव हुन् ।

माता उमादेवी र पिता शिवशंकर प्रसाद उपाध्याय खनालका कान्छा सुपुत्रका रूपमा पर्साको वीरगञ्जमा सन् १९६२ मा जन्मिएका धर्मराज उपाध्याय आज डा. डीआर उपाध्याय÷खनालका नामले लोकप्रसिद्ध छन् । उहाँको प्रारम्भिक शिक्षा वीरगञ्जकै त्रि–जुद्ध व्यावसायिक माविमा भएको थियो । उच्च शिक्षा ग्रहणको लागि नेपालको राजधानी काठमाडौं आएका उपाध्यायले नेपालबाट उच्च शिक्षा गरे । त्यसपश्चात् उनले भारतबाट विद्यावारिधि सम्मको उपाधि हासिल गरे ।
“कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।” कर्म गर तर, कर्मका फलको इच्छा नगर अर्थात् कर्म गरेपछि स्वतः कर्म अनुसारको फल प्राप्त हुन्छ भन्ने गीता मर्म सानो छँदै बुबामार्फत् बुझेका उपाध्याय विद्यावारिधिमा मात्र सीमित भएर बसेनन् । उनले यसलाई साधन ठाने न कि साध्य । विद्यावारिधिले उनलाई अझ देश र समाजप्रतिको जिम्मेदारीको बोध भयो । उनमा जन्मिएपछि केही सुकर्म गरेरै जानुपर्छ भन्ने ज्ञान पलायो । यसै ज्ञानको बलले उनलाई आफूमा रहेको प्रतिभाको बोध भयो । उनले कलम समाउनुभयो र गीतकार भए, कवि, साहित्यकार भए । उनले विधाहरूको पहिचान गरे तिनमा शिल्पको जडी भरे । उनी विश्व रेकर्डका नसा नसामा भिजे र तिनमाथि विजय प्राप्त गरे ।
गीतकार, कवि तथा उपन्यासकार उपाध्यायको पछिल्लो कृति ‘आसक्ति’सहित सत्र उपन्यास सार्वजनिक भएका छन् । उनका ‘बज्रघात, त्यागी,भाग्यचक्र,अपवित्र छायाँ, स्वार्थी, बिटुली, अतिरिक्त, दगाबाज, अधुरो प्रेम,सपनाकी रानी, कफी लभ, मेरी प्रिया, भाइरस लभ,कसुर,मझधार,आशक्ति’जस्ता उपन्यास कृतिहरू पाठकमाझ छन् ।

समाजका विविध स्वरूपको पर्यवेक्षण गर्दै गतिशील सामाजिक मूल्यमा आस्था राख्ने कीर्तिमानी गीतकार उपाध्याय आफूभित्रको सिर्जनशील प्रतिभाको सफल प्रदर्शन गर्दै कला साहित्यको आराधनामा तल्लीन छन् । बहुआयामिक व्यक्तित्वका धनी उपाध्यायको प्रसिद्धि गीतकारका रूपमा अझ उच्च छ । कला र साहित्यलाई समाजको दर्पण ठान्ने उनका सिर्जनामा जीवन जगत्को यथार्थपरक प्रस्तुति पाइन्छ ।

सानै उमेरदेखि जिज्ञासु उनमा हरेक विषयलाई सूक्ष्म ढंगले निरीक्षण गर्ने र त्यसका विभिन्न पक्षलाई मौलिक ढंगले चिन्तन गर्ने विलक्षण स्वभाव थियो । कला, साहित्यलाई विचार र संवेदना अभिव्यक्तिको सशक्त माध्यम पनि भनिन्छ । चिन्तनशील र भावुक स्वभावका उपाध्यायलाई पनि आफ्ना विचार र भावको भेल बगाउन यहीँ माध्यम उपयुक्त लाग्यो । मनका छाल र हृदयका तरंगहरू शान्त पार्न उनले सिर्जनाको गोरेटो राजे । सिर्जनाको त्यो बिज आज विशाल वटवृक्षमा पल्लवीत भएको छ ।

कलिलो उमेरदेखि नै उनमा गीत तथा कविता लेखनमा गजबको अनुराग थियो । विभिन्न कविता तथा गीतहरू कोरेर दाइदिदी तथा आफ्ना संगीहरूलाई देखाउँथे । सबै जनाबाट प्रसंशा र हौसला पाएपछि उनको मनमा अझ उत्साह भरिन्थ्यो । कलिलो उमेरबाटै गाढा बनेको कलमप्रतिको मोहले उनको यात्रा पनि कलासाहित्यको सेरोफेरोमै अघि बढ्न थाल्यो ।

मानिसका रुचि एकै किसिमका हुँदैनन् । सफलताको उचाइँमा पुग्ने चाहना धेरैलाई हुने भए पनि त्यसको प्राप्ति सहज पक्कै हुँदैन । प्रकृतिले नै प्रत्येक मानिसमा जन्मजात फरक–फरक क्षमता र रहरको संयोजन गराइदिएको हुन्छ । रुचि र खुबीको मिलन भयो र त्यसको भरपुर उपयोग गरियोे भने मात्र सफलताका सिँढीरू उक्लिन सकिन्छ । सयौं कालजयी गीतका स्रष्टा डा. उपाध्याय पनि आफूभित्रको सिर्जनात्मक शक्ति र रुचि बुझेर यस क्षेत्रमा होमिएको बताउँछन् । जसको फलस्वरूप आज गीत संगीतको फाँटमा उनी सशक्त स्रष्टाको रूपमा परिचित छन् ।

धेरैको जीवनबाट प्रेरणा र प्रभाव ग्रहण गरे पनि हरेक मानिस आफैंमा विशिष्ट र मौलिक हुनुपर्छ भन्ने गीतकार डा. उपाध्यायको मान्यता छ । त्यसैले त उनी आफ्नो छुट्टै पहिचान र अस्तित्वको खोजी गरिरहन्छन् । स्रष्टाको पगरी भिरेपछि निर्माण भइसकेको बाटोमा हिँडेर मात्र पुग्दैन, नयाँ गोरेटो पनि पहिल्याउनुपर्छ भन्ने उनको धारणा हो । यही मान्यताका साथ कलाकर्ममा समर्पित डा. उपाध्यायको गीतकारहरूका बीच पनि बेग्लै परिचय बनिसकेको छ ।
प्रतिभाका कुवेर डा. उपाध्याय सिर्जनाको गोरेटोमा सधैँं उत्साहित बनेर कविता, गीत र उपन्यासहरू कोरलिरहन्छन् । कठोर साधना र दृढ अठोटको बलमा उनीभित्रको प्रतिभाले चियाउने अवसर पाएको छ । निस्वार्थ भावले आफ्नो कर्ममा तल्लीन भएमा त्यसबाट विशेष आनन्दको अनुभूति हुने गर्दछ । अव्यक्त अभिप्राय र स्वार्थबाट प्रेरित सिर्जनाले पाठकको हृदय छाम्न सक्दैन । चिन्तन बिनाको साहित्यिक प्रयास रहर, स्वा

प्रतिक्रिया दिनुहोस्