पूर्वउपसभापति खड्का पक्षले भेला बोलाउन लागेको भन्ने कुरा हल्ला मात्रै : कांग्रेस नेता बिश्वकर्मा



काठमाडौं,१२ माघ । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पूर्वउपसभापति पूर्णबहादुर खड्का पक्षले भेला बोलाउन लागेको भन्ने कुरा पनि हल्ला मात्रै भएको बताएका छन्।

पार्टीभित्र अहिले कुनै पनि मतभेद नरहेको र निर्वाचनबाट रूख चिह्नमा बहुमत ल्याउने गरी कांग्रेस एक भएर लागेको उल्लेख गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै विश्वकर्माले पार्टी चुनावी मैदानमा रहेको बेला आउने भ्रामक सूचनाहरूमा पार्टीका सम्बन्धित व्यक्तिसँग बुझ्न अनुरोध गरेका छन् ।’अदालतमा मुद्दा हुँदाहुँदै पनि निर्वाचनमा असर नपरोस भनि उम्मेदवार छनौटमा सहमति गरी देशव्यापी रूपमा कांग्रेसजनले रूख चिह्नमा निर्विवाद मत माग्ने वातावरण बनाइएको छ,’ उनले भनेका छन्,’ अहिले कुनै मतभेद छैन।’

केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको उल्लेख गर्दै उनले सो निर्णय पालना नगर्ने छुट कसैलाई नभएको समेत उल्लेख गरेका छन् । ‘पार्टीको तर्फबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेको छ। पार्टी केन्द्रीय समितिको निर्णय सबैले पालना गर्नुपर्छ। अन्यथा गर्ने कसैलाई छुट हुँदैन,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्