नेपाली कांग्रेस:नवदुर्गा पार्टी भेन्युमा निर्वाचन केन्द्रित भेटघाट कार्यक्रम गर्दै
केदार बस्नेत,काठमाडौं।नेपाली कांग्रेस थुलुङ दुधकोशीले आसन्न फाल्गुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको लागि निर्वाचन केन्द्रित भेटघाट कार्यक्रम गर्ने भएको छ।

सोलुखुम्बुबाट राजधानी काठमाडौं आई विभिन्न पेसा व्यवसाय,गरि बसोबास गर्ने नागरिकहरुसँग आज सोमबार दिउँसोको २:३० बजे नवदुर्गा पार्टी भेन्यु सुकेधारामा भेटघाट गर्ने कार्यक्रम रहेको सभापति भक्त बहादुर गुरुङले रहस्य खबरलाई जानकारी दिनुभयो।
उक्त कार्यक्रममा नेका सोलुखुम्बुबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाश सिंह कार्की समानुपातिक तर्फका उम्मेदवारहरु रिना उप्रेति केसी र गीता गुरुङ समेत उपस्थित हुनुहुनेछ।
“बदल्यौं कांग्रेस,बदल्छौं देश,यहीँ संकल्पका साथ नयाँ यात्रा प्रारम्भ गर्दैछौं हामी,
हाम्रो केवल एक ध्येय छ-देशको समुन्नति”।निमन्त्रणा पत्रमा लेखिएको छ।कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुको समेत सहभागीता रहने नेका थुलुङ दुधकोशीले जनाएको छ।

