परिष्कृत कांग्रेसले सुशासन र नीतिगत स्पष्टतामार्फत देश निर्माणको दायित्व पूरा गर्छ : कांग्रेस सभापति थापा



काठमाडौं,७ माघ । नेपाली कांग्रेस सभापति गगन थापाले परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको जनाउनुभएको छ ।

सामाजिक संञ्जालमा एक सन्देश राख्दै सभापति थापाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । सभापति थापाका अनुसार काँग्रेसले संस्थागत सुधार,सुशासन र नीतिगत स्पष्टतामार्फत देश निर्माणको दायित्व पूरा गर्ने लक्ष्य लिएको छ। उक्त प्रतिबद्धता पार्टीपंक्तिलाई सम्बोधन गर्दै व्यक्त गरिएको हो। सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका थापालाई काँग्रेसले आगामी नेतृत्वका लागि सम्भावित प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दै निर्वाचन मैदानमा उतारेको छ।

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्विरोध निर्वाचित हुनु भएको थियो । थापा र अर्का महामन्त्री बिश्वप्रकाश शर्माको अग्रसरतामा भएको विशेष महाधिवेशन लाई पूर्व सभापति शेरबहादुर देउवा पक्षले भने अस्वीकार गर्दे सर्वोच्च अदालत गएको छ । जुन अदातलतमा बिचाराधीन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्