बोलेर होइन काम गरेर देखाउने अठोटसहित प्रतिनिधि सभा सदस्य बन्ने चाहना बोकेकी कल्पना, जो सोलुमा अन्य ११ उम्मेदवारसंग प्रतिस्पर्धा गर्दैछिन्



सोलुखुम्बु,७ माघ । आगामी फागुन २१ गते संघीय संसद प्रतिनिधि सभा सभा सदस्यको निर्बाचन हुंदैछ। त्यसका लागि मंगलबार उम्मेदवारी दर्ता भएको छ । यस क्रममा हिमाली जिल्ला सोलुखुम्बुमा विभिन्न दलका १ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।१२ मध्ये जिल्लामा एक जनामात्रै महिला उम्मेदवार चुनावी मैदानमा छन् । ती हुन-एमाले नेतृ कल्पना राई ।

सूर्यध्वजावाहक उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा होमिएकी राई पुरुष उम्मेदवारहरूको भीडबीच जिल्लाकै पहिलो महिला उम्मेदवारका रूपमा उनी जितको स्पष्ट लक्ष्यसहित अघि बढेकी छन्। सोलुखुम्बुको राजनीतिमा अब भाषण होइन, काम बोल्ने समय आएको उनको भनाई छ ।

विक्रम सम्बत् २०४५ साल कार्तिक १६ गते तत्कालीन सोताङ गाउँ पञ्चायतमा –५, गोर्खिममा जन्मिएकी कल्पना राई संघर्ष,अनुशासन र सेवाभावबाट खारिएकी नेतृ हुन्। गुमान सिंह राई र सञ्चमाया राईको कोखबाट जन्म लिएकी उनले राजनीति सुविधा होइन, जिम्मेवारी हो भन्ने चेतनासँगै यात्रा सुरु गरिन्।

शिक्षा शास्त्रमा स्नातकोत्तर र कानूनमा एलएलबी पूरा गरी अधिवक्तासमेत रहेकी उनी बोल्न मात्र होइन, कानुनी र नीतिगत रूपमा समाधान दिन सक्ने नेतृका रूपमा परिचित छन्।

२०५८ सालमा अनेरास्ववियुबाट सुरु भएको उनको राजनीतिक यात्रा निरन्तर संघर्षको कथा हो। प्रारम्भिक समिति अध्यक्षदेखि जिल्ला सचिव, अञ्चल सचिव र केन्द्रीय कमिटी सदस्य हुँदै उनी संगठन निर्माणको अग्रपंक्तिमा रहिन्। यही कारण उनी “चुनावका बेला देखिने नेतृ” होइन, सधैं जनतासँग रहने नेतृका रूपमा स्थापित छिन्।

२०६५ सालदेखि नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीमा सक्रिय रहँदै १४ वर्षसम्म सचिवालय सदस्य र २०८० सालदेखि जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालिरहेकी छन्। यो अनुभवले उनलाई नीति बुझ्ने,संगठन चलाउने र परिणाम निकाल्ने नेतृ बनाएको छ।
उपमेयर भएर कामले देखाएकी नेतृ २०७४ सालमा सोलुदुधकुण्ड नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएपछि कल्पना राईले काम गरेर विश्वास जितिन्।

विकास,सुशासन,सामाजिक न्याय र महिला सशक्तीकरणमा उनले खेलेको भूमिका आज पनि जनताले अनुभूत गरिरहेका छन्। दुर्गम क्षेत्र विकास समिति र सुकुम्बासी समस्या समाधान आयोगमा बसेर उनले समस्याको जड बुझिन् — र समाधानको बाटो पनि।उनको नेतृत्वमा उपमेयर पद औपचारिक पद मात्र रहेन,जनताको आवाज बोल्ने बलियो थलो बन्यो।

राईको उम्मेदवारी कुनै व्यक्तिको मात्र परिवर्तनको प्रतीक पनि हो। दशकौंसम्म दोहोरिएका अनुहारहरूबीच अब सोलुखुम्बुले नयाँ सोच, नयाँ ऊर्जा र नयाँ नेतृत्व खोजिरहेको छ। यही चाहनाको उत्तर हो — कल्पना राई।उनी भन्छिन् — “मैले सत्ता होइन, सेवा खोजेकी हुँ। प्रतिनिधि सभामा पुगेर सोलुखुम्बुको आवाज सिंहदरबारमा गर्जाएर बोल्नेछु।”

यही आत्मविश्वास र स्पष्टताले उनलाई अन्य प्रतिस्पर्धीभन्दा अगाडि उभ्याएको छ।

उमेरअनुसार लोभलाग्दो राजनीतिक उचाइ, स्पष्ट दृष्टिकोण र प्रमाणित कार्यक्षमतासहित कल्पना राई अब प्रतिनिधि सभामा पुग्ने अन्तिम होइन, निर्णायक कदम चालिरहेकी छन्।पुरुष उम्मेदवारसँग होइन, पुरानै शैलीसँग प्रतिस्पर्धा गर्दै उनी सोलुखुम्बुको राजनीतिक इतिहास बदल्ने संकल्पका साथ अघि बढेकी छन्।

प्रतिक्रिया दिनुहोस्