सोलुमा उम्मेदवारी दर्ताको क्रममा असिम राईको क्रेज , दुई हजार बढी शुभचिन्तकहरु सहभागी



केदार बस्नेत,काठमाडौं ।नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का प्रतिनिधि सभा सदस्यका उम्मेदवार असिम राईले उम्मेदवारी दर्ता गराउनु भएको छ।राईले सोलुखुम्बुमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवार मनोनयन दर्ता गराउनुभएको हो।

उम्मेदवारी दर्ताको क्रममा दुई हजार भन्दा बढी शुभचिन्तकहरुको सहभागीता रहेको थुलुङ दुधकोशी गाउँपालिकाका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।

उम्मेदवारी दर्ता कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य तथा पुर्व सांसद हेम कुमार राई`सुरबिर´केन्द्रीय सदस्य तथा प्रदेश सभा(क)का सांसद गोम्बु शेर्पा `कर्ज्याङ´महाकुलुङ गाउँपालिकाका पुर्व अध्यक्ष तथा नेकपा केन्द्रीय सदस्य सागर किराती,जिल्ला समन्वय समितिका पुर्व उपप्रमुख धर्मराज वन जिल्ला संयोजक नाम्गेल शेर्पा नेताहरु जुद्ध बहादुर कार्की,प्रकाश खालिङ,लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो।

उम्मेदवारी दर्ता कार्यक्रममा उपस्थित हुने सबै शुभचिन्तकहरुलाई राईले धन्यवाद तथा आभार प्रकट गर्नुभयो।जिल्लाका सबै मतदाताहरुलाई तारा चिन्हमा मतदान गर्दिन समेत अनुरोध गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्