भृकुटीमण्डपमा राप्रपाले आयोजना गरेको चियापानमा प्रधानमन्त्री कार्की सहभागी



काठमाडौं,२७ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की सहभागी भएकी छिन् ।

सिंहदरबार गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेपछि पार्टीले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापानसहित विभिन्न कार्यक्रममा प्रधानमन्त्री कार्की लगायत विभिन्न दलका नेता तथा कूटनीतिक नियोगका पूर्ब तथा बर्तमान अधिकारी सहभागी भएका हुन् ।

आधुनिक नेपाल एकीकरणको नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै हरेक वर्ष २७ पुसलाई पृथ्वीजयन्तीका रूपमा मनाउने गरिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन,पूर्वअध्यक्ष कमल थापालगायत थुप्रै नेता–कार्यकर्ताको उपस्थिति थियो । कार्यक्रममा अध्यक्ष लिङ्देनसहितका नेता कार्यकर्ताले रक्तदान पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्