कांग्रेस विशेष महाधिवेशनको प्रचारका लागि आज पदयात्रा गरिने



काठमाडौं,२६ पौष । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पदयात्रा गर्दैछ ।

विशेष महाधिवेशनको प्रचारप्रसारका लागि पदयात्रा आयोजना गरिएको हो ।दिउँसो १ बजे भृकुटी मण्डपबाट पदयात्रा गरिने विशेष महाधिवेशन पक्षले जानकारी दिएको छ ।

कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाशलगायतका नेताहरुले बोलाएको विशेष महाधिवेशन २७ र २८ गते भृकुटीमण्डपमा हुनेछ ।
महाधिवेशनका लागि भृकुटीमण्डपमा मञ्च बनाउने काम भइरहेको छ । पक्षधर प्रतिनिधिहरु पनि काठमाडौं आउने क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्