लुँइटेललाई लिलाध्वज थापा स्रष्ट सम्मान प्रदानसंगै रचना बाचन सम्पन्न



काठमाडौं,१९ पौष । बेहुला हाँस्यव्यङ्ग्यकार तथा फित्कौली नायक नरनाथ लुइटेल सम्मानित भएका छन्।शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा लुंईटेललाई लिलाध्वज थापा साहित्य प्रतिष्ठानले सम्मानित गरेको हो। कार्यक्रमका सभापति प्रतिस्ठानका संस्थापक अध्यक्ष विजयध्वज थापाले लिलाध्वज थापा स्रष्ट सम्मान तथा दश हजार राशिको नगद पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा अर्जुनदेव भट्ट,कवि नरेन्द्रराज पौडेल,अध्यात्म चिन्तक तथा कवि हरिभक्त सिग्देल,प्रा.डा गोविन्दमानसिंह कार्की,आख्यानकार रामप्रसाद पन्त,बालमुकुन्ददेव खनाल,वसन्त थापा,कलानिधि दाहालको विशिष्ट आतिथ्यता रहेको थियो ।

वृन्दा ढुङ्गानाको सटिक उद्घोषणसंगै रामप्रसाद पन्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको दोश्रो सत्रमा,प्रा.डा गोविन्दमानसिंह कार्की,प्रा.डा अर्जुनदेव भट्ट,डा.मेघराज ढकाल,हरिभक्त सिग्देल र नरेन्द्रराज पौडेलले मन्तव्य व्यक्त गरेका थिए भने रामप्रसाद पन्त,प्रमोद नेपाल,मदनप्रसाद नेपाल,मधुसुदनप्रसाद घिमिरे,मिरा पोख्रेल काफ्ले,मिरा गजुरेल,शुभद्रा अधिकारी,एनपी जगपुरी,भानुप्रकाश जोशी,मदनराज थापा,महेश रिजाल,राज रजक,रामशरण न्यौपाने,डिल्लीप्रसाद मुल्तिउन,प्रकाश बस्नेत गफाडी,आवेश मिश्र ,सुशान्त केसी,टकबहादुर लौडारी,वीरबहादुर लोहनी,शालिग्राम दाहाल राजेशमान केसीले शुभकामना सगै आ- आफ्नो रचना बाचन गरेका थिए ।

यसैगरी,शशीश्री आचार्य,उमा दाहाल,रूपा रिसाल,प्रमोद भण्डारी,भोजराज रेग्मी मुखाले,जीत कार्की,नानू राना थापा,बमबहादुर थापा जिताली,वृन्दा ढुङ्गाना,गुप्तबहादुर श्रेष्ठ,राजेन्द्र खनाल,प्रार्थना खनाल,भागीरथी ज्ञवाली,कर्णदयाल सोडरी,प्रदीप नेपाल,नम्रता उप्रेती
बद्री उप्रेती,,कृष्णप्रसाद पौडेल,कुमार नेपाल,भुवन शिवाकोटी,लालबहादुर भुजेल,लिला ढकाल,इन्दिरा ढकाल,मोहन खड्का,कलानिधि दाहालले पनि रचना बाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्