निर्बाचन प्रक्रिया रोक्न माग गर्दै निर्बाचन आयोग परिसरमा युवाहरुको नाराबाजी



काठमाडौं,१४ पौष । सोमबार साँझ निर्वाचन आयोगमा केही युवाले नाराबाजी गरेका छन् ।

समानुपातिकतर्फको बन्दसूची बुझाउने प्रक्रिया चलिरहँदा उनीहरूले निर्वाचन धोका हो भन्दै नाराबाजी गरेका हुन् । उनीहरूले निर्वाचन प्रक्रिया रोक्न पनि माग गरेका छन् । नाराबाजीका क्रममा उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागेका छन् ।

आयोगले यही फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फको बन्दसूची बुझाउने समयसीमा आजका लागि तोकेको छ । सोहीअनुसार आयोगमा दलहरूले बन्द सूची बुझाउने प्रक्रिया चलिरहँदा ती युवाले आयोग परिसरमा नाराबाजी गरेका हुन् ।

आयोग परिसरभित्र नाराबाजी गर्ने ती युवाहरूलाई प्रहरीले बाहिर निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्