मंसिर ५ गतेदेखि थुलुङ दुधकोशीमा सातौं अध्यक्ष रनिङ शिल्ड तथा सांगीतिक सांँझ आयोजना गरिने



सोलुखुम्बु,२१ कार्तिक । थुलुङ दुधकोशी गाउँपालिकाको सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गते देखि सञ्चालन हुने भएको छ । गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा शुक्रबार सम्पन्न कार्यपालिका बैठकले मंसिर ५,६ र ७ गते सांगीतिक सांझ लगायत विविध कार्यक्रम सहित अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको हो ।

गाउँपालिका प्रवक्ता भोजराज कार्कीका अनुसार महिला तथा पुरुष भलिबल प्रतियोगिता सहित सांगीतिक साझ, वृहत् कृषि मेला प्रदर्शनी, टेबल टेनिस र व्याडमिन्टन प्रतियोगिता सञ्चालन हुनेछ । जसको लागि गाउँपालिका उपाध्यक्ष सविता राईको संयोजकत्वमा एक तयारी समिति गठन गरिएको छ । उक्त समितिले विभिन्न उपसमिति समेत गठन गरेको छ ।

यस वर्षको सांगीतिक साझमा इन्द्रेणीका कृष्ण कडेलको टीम र लोकप्रिय गायक प्रमोद खरेल आउने भएका छन । स्थानीयको माग बमोजिम लोक दोहोरी गायक कृष्ण कडेल र प्रमोद खरेलको टोली थुलुङ दुधकोशी आउने भएका हुन ।

प्रतिक्रिया दिनुहोस्