पार्टी बिभाजन भएपछि बिप्लवले भने – ‘नयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य छ’
काठमाडौँ,१५ कार्तिक । प्रस्तावित कम्युनिष्ट पार्टी नेपालका महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ कम्युनिस्ट केन्द्र निर्माण अपरिहार्य रहेको बताएका छन्।

सामाजिक सञ्जालमा ४ बुँदे धारणा राख्दै उनले कम्युनिष्टहरूबीच मोर्चाबन्दी जरुरी रहेको र उनीहरूबीच वैचारिक, सैद्धान्तिक, व्यावहारिक बहसहरू आवश्यक रहेको बताएका छन्।
एकताका नाममा पार्टीहरू खप्टिने र उप्किने तरिका निकै थोत्रो भइसकेको भन्दै उनले यसमा रमाउन नसकिने पनि बताएका छन्।
स्मरणीय छ,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टी एकता विवादकै कारण शुक्रबार बिभाजित बनेको थियो। माओवादी केन्द्रसंग पार्टी एकीकरण गर्ने भन्दै चिरन पुन (मिलन सी)को नेतृत्वमा रहेको समूहले १४५ केन्द्रीय सदस्यमध्ये ७५ जना लिएर छुट्टै पार्टी घोषणा गरेको छ।

