लोकन्थलीको सुकुम्वासी बस्तीबाट हतियारसहित एकजना पक्राउ
भक्तपुर,२ कार्तिक । भक्तपुर प्रहरीले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ ।

मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीको सुकुम्वासी बस्तीका ४० वर्षीय गोपाल विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसरका डीएसपी प्रकाश जवेगुले जानकारी दिए ।
पक्राउ परेका विकको साथबाट ५.५६ केएफ १३ लेखिएको लिभर राउन्ड सातथान बरामद गरिएको छ ।
पक्राउ परेका विकमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

