जेन–जी आन्दोलनपश्चात् पहिलोपटक पार्टी मुख्यालय पुगे एमाले अध्यक्ष ओली
काठमाडौं,१ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेकपा एमालेको पार्टी कार्यालय पुगेका छन् ।नेकपा एमालेले पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको विजया दशमी, दीपावली, नेपाल संवत्, छठलगायत पर्वहरूको अवसरमा आयोजित चियापान तथा शुभकामना कार्यक्रममा सहभागी हुन उनी पेरिसडाँडा पुगेका हुन् ।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि ओली पहिलोपटक एमालेको केन्द्रीय कार्यालय पुगेका हुन् । जेन–जी आन्दोलनका क्रममा २४ भदौमा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको थियो । त्यसपछि एमालेले पार्टीको सचिवालयलगायतका बैठकसमेत गुण्डुस्थित ओलीनिवासमै गरेको थियो ।
एमालेले ललितपुरको एक होटलमा केन्द्रीय कमिटी बैठक सकिएपछि आज चियापान कार्यक्रम राखेको हो ।

