समय सीमाभित्रै महाधिवेशन नत्र बिशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उंभिए सोलु कांग्रेसका उन्नाईस नेता
काठमाडौं, २५ असोज । नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाश सिंह कार्कीसहित १९ जना महाधिवेशन प्रतिनिधिहरु समयसीमा भित्रै नियमिति महाधिवेशन या बिशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन् ।

जेन जी पुस्ताको माग अनुसार पार्टीलाई रुपान्तरण गर्न समय सीमा भित्रै महाधिवेशन गर्नुपर्ने दबाब कांग्रेस भित्र बढ्दै गइ रहेका बेला कार्की सहित सोलु कांग्रेसका १९ नेता समय सीमा भित्रै महाधिवेशन,सम्भव नभए बिशेष महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका हुन्।यसका लागि दवाब बढाउने उद्देश्यले उनीहरूले हस्ताक्षर समेत गरेका छन् ।
यसरी हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरुमा प्रकाश सिंह कार्की, आङछिरिङ शेर्पा,प्रभुराम बस्नेत,खिलाराज बस्नेत,कुशराज राई,जीबन गुरुङ,नबिन थापा,छिन्डिल्हमु शेर्पा,गान्धीमाया तामाङ र पासाङ शेर्पा रहेका छन्।यसैगरी,मनोज खड्का,दुर्गा प्रसाद नेपाली ( नौबाघ),धर्म बहादुर नेपाली,महेन्द्र दिप राई,मङ्गल सिंह तामाङ,एक कुमारी कार्की बस्नेत,लोकेन्द्र जंग बस्नेत,बिमला गुरुङ र पुजा फुयलले पनि सो पक्षमा गरेको हस्ताक्षर संकलन गरी बुझाईएको नेबिसंघका केन्द्रीय सदस्य दीनराज बास्तोलाले रहस्य खबरलाई जानकारी दिए।
समयसीमा भित्रै महाधिवेशन सम्भव नभए बिशेष महाधिवेशनमा जानुपर्ने पक्षको नेतृत्व यतिबेला कांग्रेस महामन्त्रीद्वय गगन थापा र बिश्वप्रकाश शर्माले गरिरहेका छन् । यसका लागि दबाब बढाउने उद्देश्यले यतिबेला सो समूहले तीब्र रूपमा महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर संकलन गरिरहेको छ । ५० प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिहरुको हस्ताक्षर संकलन गरेर असोज २६ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पेश गर्ने सो समूहको तयारी छ।

