देश टुक्र्याउन खोजिएको भन्दै काँग्रेस केन्द्रीय सदस्य भण्डारीले गरे ०४७ सालको संविधान पुनःस्थापनासँगै संवैधानिक राजतन्त्रको माग
काठमाडौं,२३ असोज । नेपाली कांग्रेस सनातन हिन्दु राष्ट्र नेपाल स्थापना महाअभियानका केन्द्रीय समन्वय समिति संयोजकसमेत रहेका
पूर्वमन्त्री शंकर भण्डारीले ०४७ सालको संविधान पुनःस्थापनासँगै संवैधानिक राजतन्त्रको माग अघि सारेका छन्।

भाद्र २३ र २४ गते घटेका घटनाका र त्यसपछि उत्पन्न परिस्थितिका कारण मुलुक इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै भण्डारीले सो प्रस्ताव अघि सारेका हुन।दलगत स्वार्थले मुलुकलाई टुक्र्याउने खतरा बढिरहेको उल्लेख गर्दै उनले अघि सारेको प्रस्तावमा प्रमुख दलहरूलाई राष्ट्रिय हितलाई शिरोपारेर एकजुट हुन आह्वान गरिएको छ।
भण्डारीले मुलुकमा विभिन्न आवरणमा देखापर्दै गरेका पात्रहरूले द्वन्द्व फैलाउने वातावरण तयार पारेको उल्लेख गर्दै मुलुकलाई टुक्र्याउने खतराप्रति सचेत रहनसमेत आग्रह गरेका छन् । नेपाल सनातन हिन्दू राज्य हो भन्ने तथ्यलाई औंल्याउँदै यसलाई नेपालको मौलिक पहिचान र राष्ट्रियताको आधारका रूपमा उनले व्याख्या गरेका छन्।
यस्तो छ उनको प्रस्ताव :


