अन्ततः बुझ्यो प्रहरीले ओली र लेखकबिरुद्धको उजुरी



काठमाडौँ,२१ असोज । जेनजी युवाहरुले दबाब बढाउँदै गएपछि काठमाडौँ प्रहरी परिसरले अन्ततः पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरूद्धको जाहेरी बुझेर जाँचबुझ आयोगमा पठाएको छ।

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको परिवारले परिसरमा बुझाएको जाहेरी आयोगमा पठाइएको परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिएका छन्।

ज्यान गुमाएकाहरूको परिवारबाट पुरूषोत्तम खतिवडा, ईश्वर अधिकारी, गणेश चौलागाईं र अमेरिकाकुमारी चौधरीले जाहेरी दिएका हुन्।एसपी भट्टराईका अनुसार ओली र लेखकले मानवता विरूद्धको कसुर र राज्यविरूद्धको कसुर गरेको भन्दै जाहेरी परेको थियो।

सोमबार सोही उजुरी परिसरले बुझ्न अस्वीकार गरेको थियो।

एमाले अखिलका केही युवाहरू भने काठमाडौँ महानगरका प्रमुख बालेन शाह र हामी नेपालका सुदन गुरुङबिरुद्ध जाहेरी लिएर काठमाडौँ प्रहरी परिसर पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्