सुमनाले छोडिन रास्वपा, देश भन्दा माथि पार्टी र पार्टी भन्दा माथि नेता राखेको आरोप
काठमाडौँ,२९ भाद्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्।

उनले रास्वपाका केन्द्रीय सदस्यहरूको ग्रुपमा आफूले पार्टी छोडेको जानकारी दिएकी हुन्। ‘कहिलै गल्ती नस्वीकार्ने। गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने,’ उनले भनेकी छन्, ‘अब खुल्ला रूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु। मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नु होला। मैले पार्टी छोडेँ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको आरोप समेत लगाएकी छन्।

