एमालेले बिहिबारका लागि बोलायो सचिवालय बैठक



काठमाडौँ,१६ भदौ । नेकपा एमालेले दोश्रो बिधान महाधिवेशनको अघिल्लो दिन बस्ने गरी सचिवालय बैठक बोलाएको छ ।

यसअघि भदौ १३ गते बस्ने तय भएको केन्द्रीय कमिटी बैठक अन्तिम समयमा स्थगित गरेको सो पार्टीले अगामी बिहीबार दिउँसो ३ बजे बस्ने गरी सचिवालय बैठक बोलाएको हो।

प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार भदौ २० देखि सुरु हुने दोस्रो विधान महाधिवेशनमा पेस हुने दस्ताबेजहरू सचिवालय बैठकमा छलफल गरेर अघि बढाइने बताए ।

विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन पेस गर्दै छन् ।

प्रतिक्रिया दिनुहोस्