राज्य अधिनायकवाद‚तानाशाही र निरंकुशतातिर गइरहेको छ : सापकोटा
काठमाडौँ,१६ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले राज्य अधिनायकवाद‚तानाशाही र निरंकुशतातिर गइरहेको आरोप लगाउँदै
सरकारविरुद्ध आन्दोलनमा जानुको विकल्प नरहेको बताएका छन्।

अखिल नेपाल ट्रेड युनियन महासंघले सोमवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अहिलेको दुई दलीय सरकार राज्य सत्ता कब्जा गर्नेतिर अगाडि बढेको बताउंदै सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने अवस्था आएकाले त्यसको तयारी गर्न नेता,कार्यकर्तालाई आह्वान गरे।सरकार अधिनायक,तानाशाह र निरंकुश बनेकाले जनतालाई सचेत गराउन आन्दोलनमा जाने बाटो तय गरेको उपाध्यक्ष सापकोटाको भनाइ थियो।
सापकोटाले भने, ‘तपाईंहरूलाई आन्दोलनको मानसिकता बनाउन आग्रह गर्छु। file foto

