रुपन्देही–३ का लागि रास्वपाले छान्यो डा.लेखजंग थापालाई उम्मेदवार



काठमाडाैँ । आगामी कात्तिक १७ गते हुने रुपन्देही–३ उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट डा.लेखजंग थापा उम्मेदवार बन्ने भएका छन् । 

रास्वपाको प्राइमरी इलेक्सनबाट निर्वाचित भएका थापा सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका हुन्। वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता समेत रहेका उनले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन् ।

थापालाई कार्यवाहक सभापति डोल प्रसाद अर्यालले चुनाव चिन्ह ‘घण्टी’ दिएर उम्मेदवार बनेको घोषणा गरेका थिए ।  यद्यपि निर्वाचन समितिले आधिकारिक घोषणा गर्न बाँकी छ । 

उपनिर्वाचनका लागि सिद्धार्थनगर–९ का थापासहित सुलभ खरेल (बुटवल–१६), पार्थिवेन्द्र उपाध्याय सि(द्धार्थनगर–७), ज्ञानु पौड्याल (सिद्धार्थनगर–८), जीतबहादुर गुप्ता (सिद्धार्थनगर–१), कुसुम महर्जन (मध्यपुर ठिमी– ६ भक्तपुर), रचना क्षेत्री (सिद्धार्थनगर–३), पुनमकुमारी अग्रवाल (सिद्धार्थनगर–८) र मधुप्रसाद अर्याल (बुटवल–१७ रुपन्देही) आकाङ्क्षी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्