काङ्गेलमा तीज विशेष कार्यक्रम सम्पन्न,उत्कृष्ट प्रतिभालाई सम्मान
केदार बस्नेत काठमाडौं।हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ।थुलुङ दुधकोशी गाउँपालिका २ काङ्गेलमा अवस्थित सामाजिक मेलमिलाप युवा समूहको आयोजनामा उक्त तीज विशेष सांस्कृतिक कार्यक्रम हिजो १० गते मंगलबार सम्पन्न भएको हो ।

कार्यक्रममा पुरानो भाका तथा संगिनी नाच,एकआपसमा म्युजिकल चियर, हन्डी फोड लगायतका मनोरञ्जनात्मक प्रस्तुति समावेश गरिएको सामाजिक मेलमिलाप युवा समूहका पूर्व सचिव युवराज बस्नेतले जानकारी दिए ।
कार्यक्रममा सुन्दर प्रस्तुति दिने व्यक्ति तथा समूहलाई आयोजकको तर्फबाट सम्मानपत्र एवं पुरस्कार प्रदान समेत गरिएको पुर्व सचिव बस्नेतले बताए।कार्यक्रममा वडामा रहेका महिला,पुरुष र युवा,युवतीको उल्लेखनीय सहभागिता रहेको सामाजिक मेलमिलाप युवा क्लबको हालका सचिव सन्जिव बस्नेतले बताएका छन्।
बाहिरी संस्कृतिमा व्यस्त रहेको नेपाली संस्कृतिलाई आफ्नै संस्कारलाई थप जगेर्ना र संरक्षण गर्ने पाठ समेत सिकाएको छ।व्यस्त नारीहरुलाई कार्यक्रममा सहभागी गराएर सामाजिक मेलमिलाप युवा समूहले नयाँ सन्देश समेत प्रवाह गरेको स्थानीय सरोकारवालाहरुले टिप्पणी गरेका छ्न्।

