कांग्रेस एमालेका सांसद सिंहदरबारमा भेला हुँदै



काठमाडौं,३ साउन । सत्तारुढ दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरु आ-आफ्नो संसदीय दलको कार्यालयमा भेला भइ रहेका छन्।

नेपाली कांग्रेसले आज बिहान १० बजेदेखि २ बजेसम्म र नेकपा एमालेले १० बजेदेखि ३ बजेसम्म संसदीय दलको कार्यालयमा सांसदहरूलाई सिंहदरबारमा उपस्थित हुन आकस्मिक रूपमा निर्देशन दिएसंगै उनीहरू भेला हुन थालेका हुन् ।

सत्तारुढ दलहरूले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा रानामगरलाई महाअभियोग लागाउने तयारी गरिरहेका बेला आ-आफ्ना सांसदहरुलाई संसदीय दलको कार्यालयमा बोलाएर हस्ताक्षर संकलनका गर्न लागिएको हुन सक्ने कतिपयको अनुमान छ।

कतिपयले भने संसदमा विचाराधीन र विवादित विधेयकहरूको बारेमा छलफल गर्न लागिएको हुनसक्ने केही सांसदको अनुमान छ । 

प्रतिक्रिया दिनुहोस्