एकीकृत समाजवादीमा गौतमलाई तेस्रो वरियताको जिम्मेवारी
काठमाडौं,३० साउन । नेकपा (एकीकृत समाजवादी) को सातौँ सचिवालय बैठकले वरिष्ठ नेता वामदेव गौतमलाई पार्टीको तेस्रो वरियतामा नियुक्त गरेको छ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सम्पन्न बैठकले अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालपछि गौतमलाई वरियता दिने निर्णय गरेको हो। पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाका अनुसार अध्यक्ष नेपालले गौतमलाई सपथ ग्रहण गराएका हुन्।
राष्ट्रिय एकता अभियानबाट हालै एकीकृत समाजवादीमा प्रवेश गरेका नेताहरूलाई पनि जिम्मेवारी बाँडफाँड गरिएको छ। ज्वालाका अनुसार डिबी कार्की, तुलसी थापा र लोकनाथ धमलालाई पोलिट्ब्यूरो सदस्य बनाइएको छ।
त्यस्तै केन्द्रीय सदस्यमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र वम, तोफा यादव, विद्याप्रसाद शर्मा, रामप्रसाद अधिकारी र मोहमद शेर बागवानलाई नियुक्त गरिएको छ।

