भक्तपुर मालपोतका प्रमुख आचार्य र कार्यालय सहयोगी राउतबिरुद्ध भ्रष्टाचार मुद्दा दायर



काठमाडौं,२८ साउन । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

सेवाग्राहीसँग साढे २४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएपछि आचार्य र राउतविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताउनुभयो ।

कार्यालयका प्रमुख मालपोत अधिकृत आचार्य र कार्यालय सहयोगी राउतले चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गाको मोही बाँडफाँट/नामसारीका लागि सहजीकरण गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा बनाई दिने भनी घुस मागेका अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।

अख्तियारले दुवै जनासँग घुस रकम बराबरकै बिगो मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्