रामहरिले बुझाए राजीनामा
काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिकरूपमा राजीनामा बुझाएका छन् ।

मंगलबार संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले बुधबार सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको छेडखानीको छानबिनका लागि गठित संसदीय समितिले उनलाई नैतिक जिम्मेवार ठहर्याएको थियो।
संसद्मा मंगलबार उनले आफूलाई कृष्णप्रसाद भट्टराईको शिष्य भन्दै देशभक्ति यो देशमा जहिल्यै दण्डित हुने बताउँदै राजीनामा दिएका थिए।

