जलाउन राखेको शवबाट मासु र हड्डी निकालेर बिक्रि गरेको अभियोगमा पक्राउ
काठमाडौ,२५ साउन । पशुपति आर्यघाटमा जलाउन राखेको शवबाट मासु र एक टुक्रा हड्डी निकालेर बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार आर्यघाटमा जलाउँदै गरेको बनेपाका राम शाहीको शवबाट मासु र हड्डी निकालेर बिक्री गरेको आरोपमा शव जलाउने जिम्मेवारीमा रहेका एक ब्राम्हणलाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं प्रहरी परिसरका अनसार पक्राउ परेका उनलाई नियन्त्रणमा लिई प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान थालिएको छ ।वास्तविकता के हो अनुसन्धान हुँदैछ,’प्रहरी स्रोतले भन्यो।उनका अनुसार प्रहरीसँग पक्राउ परेका व्यक्तिले आफू लोभमा परेकोसमेत स्वीकारेका छन्।

