बानियाँले लिए मुख्यमन्त्री लामासंग बदला



हेटौंडा,१४ साउन । नेपाली कांग्रेसको बागमती प्रदेश सभापति इन्द्र बानियाँले संसदीय दलका त्यतिबेलाका प्रतिस्पर्धी बहादुर सिंह लामासंग तीन बर्षपछि बदला लिएका छन् । २०७९ मा आफुलालाई संसदीय दलको नेतामा पराजित गर्दै संसदीय दलको नेतामा निर्बाचित लामालाई तीन बर्षपछि संसदीय दलकै निर्बाचनमा पराजित गरेर बानियाँले बदला लिएका हुन्।

बुधबार हेटौंडामा भएको निर्वाचनमा एक मत बदर हुँदा कुल ३७ मत खसेकोमा बानियाँले २२ र उनका प्रतिस्पर्धी लामाले १४ मत प्राप्त गरेका थिए । यो निर्बाचनमा लामा पराजित भएसंगै बाँनिया अब नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेता बनेका छन् । बानियाँ कांग्रेसको बागमती प्रदेश सभापतिसमेत हुन् । 

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । संसदीय दलको बहुमत संख्या अर्थात् २२ मतसहित बानियाँ दलको नेता चुनिएका हुन् ।

लामालाई हटाएर आफू मुख्यमन्त्री बन्न बनियाँले उनीविरुद्ध अविश्वासको प्रस्ताव पारित गराएर राजीनामाका लागि दबाब बढाएका हुन्। दलका नेतामा पराजित भएपछि लामामाथि राजीनामा गर्न थप दबाब परेको छ।

तर लामाले भने आफू संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभाको सदस्यको हैसियतले मुख्यमन्त्री भएकाले दलको नेताबाट हट्दैमा राजीनामा दिनु नपर्ने तर्क गरेका छन्।

संसदीय दलको नेता पद गुमाइसकेको अवस्थामा मुख्यमन्त्री लामामाथि नैतिकताको प्रश्न भने उठेको छ। सामान्यतया संसदीय दलको नेता नै नेतृत्वमा पुग्ने अभ्यास रहँदै आएका कारण संसदीय दलमै अल्पमतमा रहेको व्यक्तिले नेतृत्व गर्छु भन्नु नैतिकता विपरीत हुने बाँनियाको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्