मधेस प्रदेशका पूर्वप्रमुख अहिराजलाई थुनामा पठाउन आदेश
काठमाडौं,१४ साउन । बलात्कार मुद्दामा साउन ५ गते पक्राउ परेका मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । मंगलबार उनीविरुद्ध अभियोजन दर्ता गरिएको थियो ।
एक महिलाले आफूमाथि अहिराजले बलात्कार गरेको आरोप लगाएकी छन् । प्रहरीले ९ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गरेपछि मंगलबार अभियोजन दर्ता गरेको थियो ।
यसैबिच, अहिराजले पनि आफूलाई बलात्कारको जाहेरी दिने महिलाविरुद्ध उजुरी दिएका थिए । सो उजुरीमाथिको छानबिन पछि प्रहरीले ती महिलाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

