घरमा आगलागी हुँदा महाकुलुङमा ९० बर्षीय वृद्ध घाइते
सोलुखुम्बु,साउन १४ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा आगलागी हुँदा एक वृद्ध घाइते भएका छन् । मंगलबार बेलुका घरमा आगलागी हुँदा गाउँपालिकाको वडा नं ३ का ९० वर्षीय वृद्धा लाकमान राई घाइते भएका हुन् ।

राईको ढुङ्गा माटोको गारो र टिनको छानो भएको २ तल्ले घरको तल्लो तल्लामा रहेको भान्सा कोठाको चुलोबाट अचानक आगो सल्किएको थियो ।
उक्त आगलागीबाट २ लाख ६० हजार रुपैयाँसहित काटेर राखेको उत्तिसको काठ, अन्नपात, भाडाबर्तन लगाएत लत्ता कपडाहरु पूर्ण रुपमा जलेर नष्ट हुँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
घर आगलागिबाट घर धनि राईको दुबै खुट्टा, ढाड लगायतको छालाहरु जली घाईते भई उपचारको लागी महाकुलुङ आधारभुत अस्पताल बुङ सोलुखुम्बु पठाइएको थियो । उनी तत्काल हल्का बोल्न सक्ने अवस्थामा छन् भने अन्य चौपाया क्षति नभएको बताइएको छ । (सांकेतिक तस्बिर)

