पशुपतिमा आयोजित महायज्ञमा कांग्रेस केन्द्रीय सदस्य शेर्पा सहितका नेताहरु सहभागी
काठमाडौं,१२ साउन । साउन १ गतेबाट काठमाडौंको पशुपतिमा सुरु भएको ऐतिहासिक पशुपति मनाेकामना पुर्ति तथा संकट माेचन विराट ज्ञानमहायज्ञमा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा लगायतका नेताहरु सहभागी भएका छन् ।

मानव सेवा फाउन्डेसनको आयोजनामा साउन महिना भर सञ्चालन हुने सो महायज्ञमा सोमबार शेर्पा सहित नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि नवीन थापा, सोलु कांग्रेसका नेताहरु चन्द्र आचार्य,निराजन शर्मा,कैलास केसी,बाबुराम आचार्य सहभागी भएको विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिका महासचिव शम्भुहरी बास्तोलाले जानकारी दिए ।
समारोहमा पत्रकारहरुकाे प्रश्नमा जवाफ दिदै केन्द्रीय सदस्य शेर्पाले नेपाल विविध जात,धर्म र समुदायकाे साझा फुलबारी भएको बताउंदै धार्मिक सहिष्णुता कामय राख्दै संस्कृतिकाे संरक्षण गर्न युवाहरू अग्रसर हुनुपर्ने प्रतिक्रिया दिए।

