फरक धारको शिव भजन लिएर आए शंकर अधिकारी’घायल’
काठमाडौं,१२ साउन । नित्या शिवा र शंकर सौगातको स्वर र अभिनय रहेको शिव भजन ‘कैलाशबासी भोलेनाथ’ शिव भजन
सार्बजनिक भएको छ।

आर डिजिटलबाट रिलिज भएको सो भजन अन्य भन्दा बिल्कुलै फरक शैलीमा प्रस्तुत गरिएको छ । नेपाली मुलधारको भजन भन्दा फरक र भिडियो छायांकन प्रस्तुति निकै रोचक रहेको शंकर अधिकारी घायलले बताए।
उमेश शाहको छायांकन,मदन न्यौपानेको मेकअप, राजन महर्जनको नृत्य ,राजेश कुमारको सम्पादन र रंग संयोजन रहेको गीतको रेकर्डिङ ड्रीम्स स्टुडियोमा गरिएको हो ।
दिल समर्पणले रेकर्डिङ गरेका हुन भने प्रकास केसीले मिक्सिङ, मास्टरिङ गरेका हुन। कैलाशबासी भोलेनस्थ भजनलाइ शंकर अधिकारी घायलले लेखेका हुन भने संगीत र निर्देशन पनि घायल कै रहेको छ ।

