थुलुङ दुधकोशीले काठमाडौंमा सञ्चालन गरेको सेवा शिबिरमा भीड बढ्दै,आईतवार ५३९ जनाले लिए सेवा



काठमाडौं,११ साउन । काठमाडौंलाई कर्मथलो बनाएर बिभिन्न पेशा ब्यबसायमा आवद्ध पालिकाबासीलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले सुरु गरेको एकीकृत सेवा शिबिरको दोश्रो दिन सर्बसाधारणहरुको भीड निकै बढेको छ ।

काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्टी भेन्युमा गाउँपालिका अध्यक्ष अशिम राईले शनिबार उद्घाटन गरेको तीन दिने सेवा शिबिरको पहिलो दिन ३७८ जनाले सेवा लिएकोमा दोश्रो दिन आइतबार ५३९ जनाले सेवा लिएको वडा नं ७ का वडाध्यक्ष एबम् गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिए।

पालिकाका ९ वटै वडाले एकीकृत रुपमा सेवा प्रवाह गरिरहेको सो शिबिरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण,मालपोत तथा भुमि कर संकलन,जन्म मृत्यु दर्ता,बसाई सराई,राष्ट्रिय परिचय पत्र वितरण लगायतका कार्यहरू भइ रहेका छन् ।

प्रबक्ता कार्कीका अनुसार शिबिरमा सामाजिक सुरक्षा भत्ता नविकरण र राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीहरुको संख्या उल्लेख्य रहेको छ । आइतबार सबैभन्दा बढी वडा नं १ नेले,दोश्रोमा वडा नं ९ लोखिम र तेस्रोमा वडा नं ८ देउसाका नागरिकले सेवा लिएको उनले बताए ।

दोश्रो दिन कुन वडामा कतिले लिए सेवा ?

वडा नम्बर-१ नेले

सामाजिक सुरक्षा भत्ता नविकरण- ३१
सामाजिक सुरक्षा नया दर्ता-२
जन्मदर्ता – १०
विबाह दर्ता-१०
बसाइँसराइ -२
मालपोत – २३
अन्य सिफारिस – ७
जम्मा- ८५

वडा नम्बर-२ काङ्गेल

सामाजिक सुरक्षा भत्ता नविकरण – १९
मालपोत – १२
विबाह दर्ता -२
जन्मदर्ता-२
मृत्युदर्ता-२
अन्य सिफारिस-४
जम्मा- ४१

वडा नम्बर-३ पन्चन

नविकरण- ११
मृत्युदर्ता-१
विबाह दर्ता-५
जन्मदर्ता-३
सिफारिस-२
लागतकाट्टा-१
मालपोत भुमिकर-१५
जम्मा- ३८

वडा नम्बर-४ जुबु

सामाजिक सुरक्षा भत्ता नविकरण- २४
सामाजिक सुरक्षा भत्ता दर्ता नविकरण- १
जन्मदर्ता-२
सिफारिस -१
जम्मा- २८

वडा नम्बर- ५ जुबु

सामाजिक सुरक्षा भत्ता नविकरण- १५
सामाजिक सुरक्षा भत्ता दर्ता नविकरण- १
जन्मदर्ता- २
मालपोत भुमिकर-१
जम्मा- १९

वडा नम्बर-६, मुक्ली

सामाजिक सुरक्षा भत्ता नविकरण -२७
बिबाहदर्ता – ४
जन्मदर्ता- ३
मालपोत भुमिकर : २३
अन्य सिफारिस: २
जम्मा : ५९

वडा नम्बर ७ देउसा

सामाजिक सुरक्षा भत्ता नविकरण-  १९
जन्मदर्ता-  २
मृत्युदर्ता-१
बिबाह दर्ता – १
मालपोत भुमिकर – १३
नागरिकता सिफारिस-१
अन्य सिफारिस -३
जम्मा- ४०

वडा नम्बर ८ देउसा

सामाजिक सुरक्षा भत्ता नविकरण- २२
सामाजिक सुरक्षा भत्ता दर्ता-१
मालपोत- १४
विबाहदर्ता – ४
जन्मदर्ता – १२
मृत्युदर्ता-२
नाता प्रमाणित-१
जम्मा- ५६

वडा नम्बर-९ लोखीम

सामाजिक सुरक्षा भत्ता नविकरण- २३
मालपोत – १७
जन्मदर्ता-  ४
विवाहदर्ता-३
मृत्युदर्ता-२
अन्य सिफारिस – ८ वटा
जम्मा- ५७

राष्ट्रिय परिचयपत्र वितरण – ११६

 

प्रतिक्रिया दिनुहोस्