बास्तोलालाई नागरिक उन्मुक्ति पार्टीको कार्यबाहक अध्यक्षको जिम्मेवारी
काठमाडौं,११ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी शिव बास्तोलालाई दिनुभएको छ ।

श्रेष्ठले आफ्नो स्वास्थ्य अवस्थालाई कारण देखाउँदै पार्टीका वरिष्ठ नेता बास्तोलालाई अध्यक्षको जिम्मा दिनुभएको हो । श्रेष्ठले पत्रमा आफ्नो स्वास्थ्यमा सुधार नभएसम्म वा अर्को व्यवस्था नभएसम्म यो जिम्मेवारी निरन्तर रहने उल्लेख गर्नुभएको छ ।

