क्यानडा पठाईदिने भन्दै ६५ लाखभन्दा बढी रकम ठगी गर्ने एकजना पक्राउ
काठमाडौं,१० साउन । क्यानडा पठाउने भन्दै ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोरखाका रविन आचार्य रहेका छन्, जसले दुई जनाबाट ६५ लाखभन्दा बढी रकम ठगी गरेका थिए।
आचार्यलाई काठमाडौँको सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभागमा पठाइएको छ।
काठमाडौँ । प्रहरीले क्यानडा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ बस्ने गोरखा पालुङटार नगरपालिका–२ घर भएका ३७ वर्षीय रविन आचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।
रविनले क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६५ लाख ९७ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको सोही उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका–२६ सामाखुशीबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

