एमाले केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै
काठमाडौं,५ साउन। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुंदैछ।पार्टी सचिवालय र पोलिट्ब्युरो बैठकपछि केन्द्रीय कार्यालय च्यासलमा ११ आज बजेबाट सो पार्टीको केन्द्रीय कमिटी बैठक सुरु हन लागेको हो ।

बैठकमा विधान संशोधनको प्रस्ताव प्रस्तुत हुनेछ । संशोधन प्रस्तावामा ७० वर्षे उमेर हद हटाउने र दुई कार्यकालको व्यवस्था हटाउनेलगायत छन् ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले सांगठिनक प्रतिवेदन र उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् ।
संशोधन प्रस्तावमा एमालेमा पदेनसहित ३५५ जना केन्द्रीय सदस्य छन् । उनीहरूले संशोधन प्रस्तावमा आआफ्नो धारणा राख्नेछन् ।
बैठकमा भदौको २० देखि २२ गतेसम्म हुने पार्टीको विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरू प्रस्तुत हुन लागेका हुन् ।

